शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

ढुंगा खसालेर बालकको ज्यान लिएको आरोप लागेका डोजर चालक पक्राउ

शनिबार, ०४ असार २०७९, २१ : ३२
शनिबार, ०४ असार २०७९

गुल्मीमा सडक खन्ने क्रममा ढुंगा खसालेर बालकको ज्यान लिएको आरोप लागेका डोजर चालक पक्राउ परेका छन् । केहि दिनअघि स्कुल जाँदै गरेका एक बालकलाई ठक्कर दिएर फरार रहेका डोजर चालक रेसुङ्गा नगरपालिका–१२ उर्लेनीका शेरबहादुर विक पक्राउ परेका हुन् । 

असार २६ गते विहान साढे ९ बजे मुसिकोट नगरपालिका–३, स्थित धारापानी मैदान सडक खण्डमा  बा २ क ९४६७ नम्वरको जेसिबीले सडक खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर स्कुल जाँदै गरेका मुसिकोट–२ का १४ बर्षीया बालक गगन रायमाझीको मृत्यु भएको थियो ।

सोही दिन जेसिबी छाडेर बेपत्ता भएका चालक बिकलाई सोही टोलको छापा भन्ने स्थानबाट शनिवार दिउँसो पक्राउ गरिएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।

अनुसन्धानका क्रममा निजको सवारी चालक अनुमति पत्र समेत नभएको पाइएको प्रहरीले जनाएको छ ।  जेसिबीले खसालेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका बालक रायमाझीको जिल्ला अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप