बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्चालन नहुँदै भत्कियो पुल

शनिबार, ०४ असार २०७९, २० : १०
शनिबार, ०४ असार २०७९

दाङको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो । 

पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको भनाई छ । मनसुन सुरु नहुँदै नवनिर्मित संरचनाहरू भत्किँदा वर्षायाममा  जोखिम बढेको उनीहरूले बताए ।

केही महिना पहिलेमात्र निर्माण सम्पन्न पुलको हालसम्म उद्घाटन समेत भएको छैन । २०७२ सालदेखि निर्माण सुरु भएको पक्की पुल निर्माणको काम केही समय पहिले सम्पन्न भएको थियो । निर्माणाधीन क्रममा बाढीले पुल भत्काएपछि नयाँ डिजाइनमा पुनर्निर्माण गरिएको थियो । - न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप