एमालेलाई गठबन्धन भत्काउने बनाउने फुर्सद छैन : उपाध्यक्ष पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग गठबन्धन बनाउने र भत्काउने कुनै फुर्सद नभएको बताएका छन् ।
बुटवलमा आज रिटर्न फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै पौडेलले एमालेले अहिले कुनै पनि नामको गठबन्धनको बाटोमा नरहेको प्रस्ट पार्दै गठबन्धन जोड्ने र बिगार्ने खेलका नभएको दाबी गरेका हुन् । उनले नेकपाको दुई तिहाइको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गर्ने र उनीहरूसँग गठबन्धन हुने विषय एमालेले सोच्न पनि नसकिने बताए ।
नेकपाको सरकार ढालेर काँग्रेस नेतृत्वमा सरकार बनाउने कम्युनिस्ट पार्टीको सदस्य हुन नसक्ने भएकोले अहिले गठबन्धनको भ्रमको पछाडि नलाग्न कार्यकालाई आग्रह गरे । स्थानीय तह निर्वाचनमा एकातर्फ महागठबन्धन र अर्कोतर्फ एमाले एक्लै लड्दा पनि मतको हिसाबले एमाले पहिलो दल बनेको जिकिर गर्दै आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने दाबी गरे ।
विदेशमा भन्दा नेपालमा लगानीको सम्भावनाको सन्देश दिन रिटर्नीहरुले हरेक जिल्लामा सामूहिक रूपमा नमुना आयोजना सञ्चालन गर्नुपर्ने सुझाव दिए ।सोही अवसरमा जनता समाजवादी पार्टी रुपन्देहीका युवा नेता अशोक बर्मा नेकपा एमालेमा प्रवेश गरेका छन । बर्मालाई एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गर्दै सबै नेतालाई उचित स्थान दिने बताए । बर्मा जसपा रुपन्देहीका पूर्व सचिव तथा एवं २०७४ सालमा रुपन्देहीको प्रदेशसभा क्षेत्र नं३ ख बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
-
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
-
तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण