सहकारीबाट पाँच लाख ९३ हजार चोरी
मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट ५ लाख ९३ हजार रुपैयाँ र चेक चोरी भएको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार सहकारी संस्थाको ५ लाख ९३ हजार नगद र ४ लाख ५३ हजार बराबरको चेक पनि चोरी भएको हो ।
रातको मौका छोपी अज्ञात व्यक्तिको समूहले चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार सहकारीसँगै एक फेन्सी पसल र एक किराना पसलमा पनि चोरी भएको छ । प्रदीप खड्काले सञ्चालन गरेको सुप्रिया फेन्सीबाट ७० हजार र सिताराम रानाभाटले सञ्चालन गरेको किराना पसलबाट ११ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।
असार १ गते बुधबार राति अन्दाजी १२ बजेको समयमा अज्ञात व्यक्तिबाट कार्यालयको ताला फोडी नगद र चेक चोरी भएको प्रहरीले जनाएको छ । चोरीको घटनालाई लिएर प्रहरीमा आएको निवेदनको आधारमा अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ । अन्य केही व्यक्तिको घरमा समेत चोरी भएको भन्ने सुन्नमा आए पनि जिल्ला बाहिर रहेकाले निवेदन भने प्राप्त नभएको प्रहरीले जनाएको छ ।
लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमलाल श्रेष्ठले घटनाको यथाशीघ्र छानबिन एवं अनुसन्धान गरी दोषीको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् । – न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन