प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण रद्द गर्न एकीकृत माओवादीको माग
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी)ले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली सेनाका प्रधानसेनापति पर्शुराम शर्माको अमेरिका भ्रमण गर्न माग गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै एकीकृत माओवादीले अमेरिकी स्टेट प्रोग्राम (एसपीपी) रद्द गरेको पत्राचार नगरी भ्रमण नगर्न भनेको हो ।
पार्टीका प्रवक्ता जन्जिर शाहीले विज्ञप्ति जारी गरेर नेपाली सेनालाई सैन्य गठबन्धनमा समावेश गर्ने गरी अमेरिकाले एसपीपी अगाडि बढाएको र यो नेपालको परराष्ट्र नीति र देशको हितविरुद्ध भएको माओवादीले जनाएको छ । सैन्य गठबन्धनमा सहभागी गराएर नेपाललाई विदेशीको क्रिडास्थल बनाउन खोजिएको भन्दै प्रवक्ता शाहीले एसपीपी रद्द गरेको पत्राचार गर्न माग समेत गरेका छन् ।
त्यसैगरी नागरिकको गोपनीयता, राष्ट्रिय स्वाधीनता, नेपाली आर्ट मजदुरको रोजीरोटी खोस्ने र ठूलो आर्थिक चलखेलमा लागु गर्न खोजिएको इम्बोस्ड नम्बर प्लेट लागु नगर्न समेत विज्ञप्तिमा माग गरिएको छ । इम्बोस्ड नम्बर प्लेटले नेपाली लिपी समेत लोप गराउने भन्दै खारेज गर्न नगर्न सकारसँग माग गरिएको छ ।
विज्ञप्तिमा प्रवक्ता शाहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दिनप्रतिदिन नागरिकको ढाड सेक्ने गरी मूल्य आकासिएर नागरिकको चुलो बल्न छोड्ने अवस्था सिर्जना भएको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर फिर्ता गरी मूल्य घटाउन माग गरेका छन् । उनले बजारमा भइरहेको अन्य बस्तुको मूल्य र कालोबजारी नियन्त्रण गर्न पनि माग गरेका छन् । विज्ञप्तिमा पार्टीले अगाडि सारेका मागहरूको सुनुवाइ नभए सङ्घर्षका कार्यक्रम जारी गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
-
बागमती प्रदेशसभाः २ विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
नियमावली र नीति स्वीकृतदेखि विभिन्न नियुक्तिसम्म : यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
-
गोरखापत्रको महाप्रबन्धकमा हिक्मत बहादुर रावल नियुक्त
-
कमैया श्रम निषेधसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण