चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज रत्ननगर नगरपालिका–९ गणेशचोक नजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना४ख २७४८ नंको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० का ३७ वर्षीय उमेश दराइको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दराइको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकरीले जानकारी दिए ।
दराइलाई ठक्कर दिने ट्रक फरार रहेको थियो । सोही दुर्घटनाको विषयलाई लिएर स्थानीयवासीले ट्रकलाई नियन्त्रणमा नलिएसम्म बाटो अवरोध गरेका थिए । ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपलिका–१४ का ४५ वर्षीय धावा थोकरलाई ट्रकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रवक्ता अधिकारीले बताए । उनका अनुसार ट्रक चालकसहित नियन्त्रणमा लिएपछि अहिले सडक अवरोध हटाइ दुईतर्फी सञ्चालन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान