सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जिसस नवलपुरमा एमाले विजयी

शनिबार, ०४ असार २०७९, १७ : २८
शनिबार, ०४ असार २०७९

जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । 

जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी हुनुभएको छ । सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी भएका छन् ।
जिल्ला समन्वय समतिमा एमालेको ११ र काँग्रेसको पाँच मत रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप