बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एसपीपीको विषय झिकेर गठबन्धन फुटाउन षड्यन्त्र भयो : प्रकाशमान सिंह

शनिबार, ०४ असार २०७९, १७ : २४
शनिबार, ०४ असार २०७९

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परिणाम पछि झस्किएर गठबन्धन फुटाउने  प्रयास सुरु भएको  बताएका छन् ।  आज काभ्रेको बनेपामा काँग्रेस बनेपा नगर समितिले आयोजना गरेको बधाई शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् ।

अहिले  एसपीपीको विषयमा हुँदै नभएको विषय उचालेर काँग्रेसमाथि प्रहार भैरहेको समेत उनको भनाई थियो।  विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेखेको आरोप लगाउँदै उनले एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर  प्रयास भएको बताए । काँग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्ने समेत सिंहले बताए ।  

प्रधानमन्त्रीले  पटक पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिन भनिरहँदा समेत नियोजित तरिकाले १० बुँदे ड्राफ्ट सार्वजनिक गरेर एमाले आफैं फसेको नेता सिंहको भनाई थियो । काँग्रेसले मात्रै मुलुकको हित गर्न सक्ने भन्दै उनले पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने सिंहले बताए । निर्वाचित जन प्रतिनिधिलाई उनले पार्टीका कमिटीसितको छलफल र सुझाव लिएर मात्र काम गर्न आग्रह गर्दै पार्टी कमिटीले पनि निर्वाचित जनप्रतिनिधिलाई सहयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

काँग्रेस नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धनमा जानु परेको उनको भनाई थियो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गणेश लामा, बागमती प्रदेश महामन्त्री कन्चनचन्द्र बादे,  काँग्रेस काभ्रेका जिल्ला सभापति तिर्थ लामा,  बनेपा नगरपालिकाका  मेयर शान्तिकृष्ण शाक्य लगायतले धारणा राखेका थिए । कार्यक्रम बनेपा नगरमा काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरूलाई सम्मान समेत गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप