‘मैले प्रधानमन्त्रीलाई भनेको छु, संघीयता मन परेको छैन भने क्यान्सल इट !’
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने आफूलाई नै थाहा नभएको बताएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित पुँजी बजारसम्बन्धी कार्यक्रममा उनले भने, ‘म त हिजो जिल्ला विकास समितिको सभापति भएको मान्छे हो । त्यतिबेला त्यहाँ धेरै पावर थियो त ! अहिले नामको मात्र मन्त्री, मुख्यमन्त्री रे...! मैले अस्ति प्रधानमन्त्रीज्यूलाई पनि भनेको छु, संघीयता मन परेको छैन भने ‘क्यान्सिल इट’ ।
नेपालको संघीयता विश्वमै महाकमजोर भएको उनले टिप्पणीसमेत गरे । ‘संसारमा संघीयता सबैभन्दा कमजोर भएको भारत हो, त्यसभन्दा महाकमजोर नेपालको संघीयता भयो,’ उनले कार्यक्रममा सहभागीलाई प्रश्न गर्दै भने ,‘केन्द्रीय सरकार र स्थानीय हिजो पनि थियो । संघीयता भनिएको छ, जग्गाको बारेमा अधिकार छैन । मोदी काश्मिरमा जाँदा त्यहाँको मुख्यमन्त्रीले मेरो ठाउँमा ल्याण्ड गर्न दिन्न भनेको त सुन्नु भएकै होला नि...! माथिका मान्छेले पावर दिन चाहँदैन । पुलिस यहाँ आएको छैन हो । माथिकाले भन्ने होला पुलिस नै प्रदेशमा गए गृहमन्त्रीले के जुम्रा मारेर बस्ने ? यो खालको समस्या छ । यो सबै कुरा पुँजीसँग जोडिन्छ ।’
मुख्यमन्त्री शाहीले अगाडी भने, ‘कृषि प्रधान देश भन्ने पनि हामी । खान नपाउने पनि हामी नै हो । म हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्छु । हेर्नुहोस् त अहिले पनि खान नपाएर आएका छौँ भनिरहेका छन् ।’ यतिमात्र होइन उनले कर्णालीका पत्रकारले आफूले गरेको कामको प्रशंसा नगरेको भन्दै आलोचनासमेत गरे । ‘अन्य प्रदेशमा बजेट बढ्दा मैले घटाएर ल्याएँ, तर यहाँका कुनै पनि पत्रकारले वाह मुख्यमन्त्री राम्रो गरिस् भनेर लेखेनन्,’ उनले भने, ‘म आज आफूलाई सौभाग्यशाली ठान्छु । मैले राम्रो सचिव पाएँ, अर्थको विज्ञ ।’
‘पुँजी बजारबाट कोही अरबपति भएका र अरबपतिबाट रोडपति भएका भन्ने कुराहरू पनि सुनिन्छ,’ उनले पुँजी बजारबारे टिप्पणी गर्दै भने,‘ हामी नेपालीहरु बाँदरजस्ता भयौँ । आफू पनि घर नबनाउने अर्काको घर पनि बिगार्ने ।’ साथै उनले सेयर बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले ब्याजमा सापटी लिएर पुँजी बजारमा लगानी गर्ने प्रचलनको अन्त्य गरेर जे छ त्यसैलाई लगानी गर्ने व्यवहारको विकास गर्नुपर्ने तर्क पनि राखे । उत्पादनको निर्यात र आयातको सन्तुलन नमिल्दा पनि पुँजी बजारको विकास नभएको उनको ठम्याइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नदीमा यात्रुवाहक हाइस खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
-
सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीको चिट
-
काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण