शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चिनीको मूल्य बढेपछि वाणिज्य विभागको चासो

शनिबार, ०४ असार २०७९, १५ : १९
शनिबार, ०४ असार २०७९

चिनीको मूल्य बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चासो देखाएको छ । एक सातामै प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म चिनीको मूल्य बढेपछि विभागले चासो देखाएको हो । विभागले व्यवसायीलाई बोलाएर चिनीको मौज्दात बारे जानकारी समेत लिएको छ । बजारको मौज्दातको विषयमा जानकारी लिँदै चिनीको मूल्यवृद्धिको कारण देखाउन समेत व्यापारीलाई निर्देशन दिइएको बताइएको छ ।

भारतले चिनीको निर्यातमा रोक लगाएपनि मौज्दातले माग धान्ने अनुमान गरिएको थियो । तर, व्यापारीले मूल्य ह्वात्तै बढाएर प्रतिकिलो १०५ रुपैयाँदेखि ११० रुपैयाँ पुर्याएपछि विभागले सोधपुछ गरेको हो । विभागले चिनी उत्पादक र व्यापारीलाई बोलाएर मूल्यवृद्धि बारे जानकारी लिएको हो । छलफलमा व्यापारीहरूले ढुवानी लागत बढ्दा मूल्य बढेको दाबी गरेका छन् । उनीहरूले बजारमा चिनीको अभाव नहुने भएपनि ढुवानी लागत बढ्दा मूल्य पनि बढेको विभागलाई बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप