बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

एन्फा चुनाव : कृष्णमुरारी गुरुङद्वारा उम्मेदवारी फिर्ता

शनिबार, ०४ असार २०७९, १५ : ०८
शनिबार, ०४ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका  कृष्णमुरारी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । हाम्रो फुटबल नेपालमार्फत फुटबलमा लागेका गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

‘हामीले सोचेको भन्दा फरक फुटबल भित्रको गतिविधि रहेछ । त्यहाँ हुने कार्यक्रमहरु आफ्नो पहुँचभन्दा बाहिरको विषय ठाने । लडाइमा जाने तर हतियार पनि आफूसँग नभएपछि त्यसको कुनै तुक नदेखेर उम्मेदवारी फिर्ता लिने निर्णय गरे । सिन्धुली जिल्ला फुटबल संघको विवाद भएपछि म पनि मिलाउन लागे,’ गुरुङले भने, ‘साथीहरुले एकपक्षीय रुपमा कमिटी बनाए पनि एन्फाले त्यसलाई मान्यता दिएन । 

सिन्धुली जिल्ला फुटबलको लागि मैले नाम फिर्ता लिने निर्णय गरेको हो । उम्मेदवारी फिर्ता लिने समय सकिएकाले मेरो नाम भने एन्फामा रहिरहनेछ । तर, मैले नाम फिर्ता रहेकाले मेरो प्रतिस्पर्धा हुनेछैन । मैले जित्ने सम्भावना पनि छैन र जिते पनि जान्न ।’ एन्फाको केन्द्रीय निर्वाचन असार ६ गते हुने तालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप