बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार, २ जना पक्राउ

शनिबार, ०४ असार २०७९, १३ : ४८
शनिबार, ०४ असार २०७९

दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति  तुलसीपुर उपमहानगरपालिका  ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार गरेका हुन् । युवतीमाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् भने दुई आरोपी फरार भएका छन् ।

बलात्कार गरेको आरोपमा तुलसीपुर ५ का २४ वर्षीय शङ्कर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् । अन्य दुई जना भने फरार भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक एसपी  सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

चौधरीले २५ वर्षीय सुस्त मनस्थितिकी युवतीलाई घरबाट फकाएर नयाँ घर बन्ने ठाउँसम्म पुर्याएका थिए ।  त्यसपछि ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीको भनाई छ । फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप