गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि ‘एसियन बुद्ध’को शुभारम्भ

नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि सुविधासम्म चार तारे होटल ‘एसियन बुद्ध’ ले सेवा सुरु गरेको छ । पर्यटकहरूलाई पारिवारिक वातावरणमा गुणस्तरीय सेवा दिने उद्देश्यसहित विमानस्थलको ठ्याक्कै अगाडि होटलले सेवा सुरु गरेको हो ।
युवा व्यवसायी पोमनारायण अधिकारीसहितका व्यवसायीले करिब एक अर्बको लगानीमा ‘एसियन बुद्ध होटल’ आजबाट अनौपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् । क्यासिनो, हेल्थ क्लब, स्पा, स्वीमिङ पुलसहित फोर स्टारको लागि आवश्यक सबै सेवासुविधा रहेको अधिकारीले जानकारी दिए ।
८४ वटा रुमसहित फोर स्टार लेवलको लागि आवश्यक सबै सुविधासहित होटल शुभारम्भ गरिएको हो । अधिकारीले भने अनौपचारिक रुपमा सुरु गरिएको भएपनि औपचारिक रुपमा भने केही समयपछि विशेष समारोहका बीच शुभारम्भ हुनेछ ।
अर्घाखाँची पाणिनी गाउँपालिका–७ अड्गुरीका अधिकारीका गुडलाईफ फुड प्रोडक्स मार्फत अड्गुरी, गोल्डेनलगायतका कुकिज तथा बिस्कुट नेपाली बजारमा चर्चित छन् । यस्तै अधिकारीकै एशियन एग्रो इन्डष्ट्रिज प्रालिले चाउमिन, सुजी, पास्तालगायतका खाद्यवस्तु समेत उत्पादन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड