बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बेलायतमा पनि बढ्यो ब्याजदर, १३ वर्षयताकै उच्च

शनिबार, ०४ असार २०७९, १३ : ११
शनिबार, ०४ असार २०७९

बेलायतमा पछिल्लो १३ वर्ष यताकै उच्च दरमा ब्याजदर बढेको छ । बैंक अफ इंग्ल्याण्डले १.२५ प्रतिशतले ब्याजदर बढाएपछि बेलायतामा एक दश यताकै उच्च ब्यादजर कायम भएको समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । 

केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरेपछि बेलायतमा खाद्यान्न, इन्धन लगायतको मूल्यले नयाँ कीर्तिमान तय गरेको छ । यस्तै, अहिले ४० वर्षयताकै उच्च दरको महँगी बेलायतले खेपिरहेको छ । केन्द्रीय बैंकले ९ प्रतिशतमा रहने प्रक्षेपण गरेको महँगी ११ प्रतिशतभन्दा माथि पुगिसकेको छ ।

तर, बेलायतमा बढेको पछिल्लो ब्याजदर मात्रै अन्तिम नभएको आङ्कलनहरू बाहिरिएका छन् । क्यापिटल इकोनोमिक्सले ब्याजदर ३ प्रतिशतसम्म बढाउनुपर्ने प्रक्षेपण गरेको छ । अहिले बेलायतमा एकातर्फ महँगी नियन्त्रण गर्ने र अर्कातर्फ ब्याजदर वृद्धि गर्ने काम भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप