कचनकवलमा एक वर्षमा २४५ जना सर्पले टोकेका बिरामीको उपचार

झापाको कचनकवल गाउँपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा एक वर्षमा २४५ जनाको उपचार गरिएको छ ।
गाउँपालिका स्वास्थ शाखा प्रमुख जागेस्वर प्रसाद यादवका अनुसार २०७८ असार ३ गते बाट संचालनमा आएको सर्पदंश उपचार केन्द्रमा एक वर्षमा ६ जना विषालु सर्पले टोकेका सहित २४५ जनाको उपचार गरिएको हो ।
नेपालकै होचो ठाउँमा अवस्थित कचनकवल गाउँपालिकामा शुरु गरिएको सर्पदंश उपचार केन्द्रमा भद्रपुर नगरपालिका ,बाह्रदशी गाउँपालिका र छिमेकी मुलुक भारतबाट समेत सर्पले टोकेका बिरामी उपचार गर्न आउने गरेको पाइन्छ ।
प्रमुख यादवका अनुसार ७ वर्ष उमेर समूह देखी ७० वर्ष सम्मका सर्पले टोकेर उपचार गर्न आएको र हालसम्म सफल उपचार गरिएको छ ।
सर्पले टोकेका बिरामीले उपचार गर्दा ३ सय ५० रुपैयाँ देखि ११ सयसम्म शुल्क तिर्नु पर्ने हुन्छ । अन्य सबै खर्च केन्द्रमा निशुल्क गरिँदै आइएको छ ।
विषालु सर्पले टोकेका बिरामीलाई दिने सुई एन्टि इस्नेक भेनम भने नेपाल सरकारले निशुल्क उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंका अंगरक्षक पनि पक्राउ
-
धितोपत्र बोर्डको संरचना परिवर्तन गर्न आयोगको सुझाव
-
व्यापार युद्धको भय : विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै बढी
-
वनस्पति क्षेत्रको थप विकास र व्यवस्थापन गर्न जरुरी छ : वनमन्त्री ठकुरी
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
-
दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ