शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कचनकवलमा एक वर्षमा २४५ जना सर्पले टोकेका बिरामीको उपचार

शनिबार, ०४ असार २०७९, १२ : ५९
शनिबार, ०४ असार २०७९

झापाको कचनकवल गाउँपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा एक वर्षमा २४५ जनाको उपचार गरिएको छ ।

गाउँपालिका स्वास्थ शाखा प्रमुख जागेस्वर प्रसाद यादवका अनुसार २०७८ असार ३ गते बाट संचालनमा आएको सर्पदंश उपचार केन्द्रमा  एक वर्षमा ६ जना विषालु सर्पले टोकेका सहित २४५ जनाको उपचार गरिएको हो ।

नेपालकै होचो ठाउँमा अवस्थित कचनकवल गाउँपालिकामा शुरु गरिएको सर्पदंश उपचार केन्द्रमा  भद्रपुर नगरपालिका ,बाह्रदशी गाउँपालिका र छिमेकी मुलुक भारतबाट समेत सर्पले टोकेका बिरामी उपचार गर्न आउने गरेको पाइन्छ ।

 प्रमुख यादवका अनुसार ७ वर्ष उमेर समूह देखी ७० वर्ष सम्मका सर्पले टोकेर उपचार  गर्न आएको र हालसम्म सफल उपचार  गरिएको छ ।

सर्पले टोकेका बिरामीले उपचार गर्दा ३ सय ५० रुपैयाँ देखि ११ सयसम्म शुल्क तिर्नु पर्ने हुन्छ । अन्य सबै खर्च केन्द्रमा निशुल्क गरिँदै आइएको छ ।

विषालु सर्पले टोकेका बिरामीलाई दिने सुई एन्टि इस्नेक भेनम भने नेपाल सरकारले निशुल्क उपलब्ध गराउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप