तस्करी गरेको अभियोगमा अमेरिकी शिक्षकलाई रुसमा १४ वर्ष जेल
शनिबार, ०४ असार २०७९, १२ : ०१
एक रुसी अदालतले एक अमेरिकी पूर्व कुटनीतिज्ञलाई ‘ठूलो मात्रामा’ भाङ तस्करी गरेको अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । मार्क फोगेलले यसअघि मस्कोस्थित अमेरिकी दूतावासमा काम गरेका थिए । तर, उनी पक्राउ पर्दा अंग्रेजी शिक्षकको रूपमा कार्यरत थिए ।
फोगेललाई अमेरिकी बास्केटबल स्टार ब्रिटनी ग्रिनरविरुद्ध गाँजासम्बन्धी मुद्दाको सुनुवाइ भइरहेको क्षेत्राधिकारमा सजाय सुनाइएको थियो । अमेरिकाका धेरै भागहरूमा भाङलाई कानुनी मान्यता दिइएको छ । तर, रूसमा अवैध मानिन्छ । ‘अमेरिकी नागरिक फोगेल दोषी पाइयो’, मस्को उपनगर खिम्कीको एउटा अदालतले एक विज्ञप्तिमा भन्यो ।
अंग्रेजी शिक्षकले व्यावसायिक उद्देश्यबिना लागूपदार्थको ठूलो मात्रामा अवैध भण्डारणको अतिरिक्त ठूलो मात्रामा लागूपदार्थको तस्करी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा