दुई महिनाको अवधिमा दोस्रो पटक युक्रेन पुगे बेलायती प्रधानमन्त्री
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका छन् । प्रधानमन्त्री जोनसनको दुई महिनाको अवधिमा यो दोस्रो भ्रमण हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनप्रति बेलायती समर्थनको प्रशंसा गरेका छन् ।
जोनसनको भ्रमणले युक्रेनका लागि बेलायतको समर्थन दृढ छ भनेर प्रमाणित गरेको जेलेन्स्कीले बताए । ‘हाम्रो देशका महान् मित्र बोरिस जोनसनलाई फेरि किभमा देख्न पाउँदा खुसी लाग्यो’, उनले भने । राष्ट्रपति भोलोदिमिर फेरि किभमा आउनु राम्रो छ’ जोनसनले आफ्नो आधिकारिक ट्विटर खातामा लेखे ।
रुसी आक्रमणको झण्डै चार महिनापछि युरोपेली संघका सबैभन्दा शक्तिशाली राष्ट्र प्रमुखहरुले युरोपेली संघको सदस्यताका लागि युक्रेनको प्रयासलाई स्वीकार गरेको भोलिपल्ट प्रधानमन्त्री जोनसनले भ्रमण गरेका हुन् ।
राजधानीको उपनगरबाट रुसी सेनालाई फिर्ता गरेको दुई हप्तापछि अप्रिल ९ मा किभ भ्रमण गर्ने जोनसन जी ७ देशको पहिलो नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एसको पहिलो बैठक आलोकनगरमा सुरु
-
बागमती र कोइली नदीको बाढी ‘डेन्जर’ तहमा, भोलिसम्म सतर्क रहन विभागको आग्रह
-
पानी जहाज कि गाडी ? उपत्यकाकै सडकको बिजोग, तस्बिरहरू हेर्नुहोस्
-
पहिराेले गोरुसिङ्गे सन्धिखर्क सडक अवरुद्ध
-
गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार
-
मधेस सरकारबाट ४ दलका ६ मन्त्री बर्खास्त