साताको सेयर बजार– ७६ अंक घटेर १९ सयको बिन्दुमा आइपुग्यो
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७६.७८ अंक घटेर बन्द भएको छ । साताको ५ दिन कारोबार भएको नेप्सेमा यो साता मात्रै ३.७५ प्रतिशतको गिरावट आएको हो । यससँगै साताको पहिलो दिन २०४८ अंकमा रहेको नेप्से परिसूचक १९७१ अंकमा आइपुगेको छ ।
कारोबार भएका ५ मध्ये ४ दिन नेप्से परिसूचक ओरालो लागेको थियो । सातामा बिहीबार बाहेक अन्य कुनै पनि दिन नेप्सेमा सुधार आएन । उक्त दिन भने नेप्सेमा १२ अंकको सुधार आएको थियो । सेयर बजार परिसूचक घटेसँगै यो साता कारोबार रकम पनि खुम्चिएको छ । यो सातामा ६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । गतसाता ६ अर्ब ६० करोड रुपैयाँको भएको थियो । जुन, यो साताको भन्दा ४० करोड रुपैयाँ बढी कारोबार हो ।
नेप्से परिसूचक र कारोबार रकम पनि खुम्चिएपछि नेप्सेको कूल पूँजीकरण पनि घटेको छ । नेप्सेका अनुसार यो साता मात्रै बजार पूँजीकरण १ खर्ब रुपैयाँले घटेको छ । गत साता २९ खर्ब १७ अर्ब रहेको बजार पूँजीकरण यो साता २८ अर्ब १० करोड रुपैयाँमा आइपुगेको छ ।
नेप्से परिसूचक उच्च अंकले घटेको साता कारोबारमा आएका सबै १३ वटै समूहमा गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिहरू बफादारीको अपेक्षा गर्छन्, तर ट्रम्प पूर्ण आज्ञाकारिताको माग गर्छन्
-
सरकारले नागरिकलाई दूषित पानी खुवाउने गरेको छ : अध्यक्ष दाहाल
-
ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह
-
माघ १५ मा हुने भनिएको प्रेस सेन्टरको महाधिवेशन सर्ने
-
निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा
-
चिकित्सकले मृत घोषणा गरेका व्यक्तिले जब हात हल्लाए...