सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साताको सेयर बजार– ७६ अंक घटेर १९ सयको बिन्दुमा आइपुग्यो

शनिबार, ०४ असार २०७९, ११ : ०८
शनिबार, ०४ असार २०७९

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७६.७८ अंक घटेर बन्द भएको छ । साताको ५ दिन कारोबार भएको नेप्सेमा यो साता मात्रै ३.७५ प्रतिशतको गिरावट आएको हो । यससँगै साताको पहिलो दिन २०४८ अंकमा रहेको नेप्से परिसूचक १९७१ अंकमा आइपुगेको छ ।

कारोबार भएका ५ मध्ये ४ दिन नेप्से परिसूचक ओरालो लागेको थियो । सातामा बिहीबार बाहेक अन्य कुनै पनि दिन नेप्सेमा सुधार आएन । उक्त दिन भने नेप्सेमा १२ अंकको सुधार आएको थियो । सेयर बजार परिसूचक घटेसँगै यो साता कारोबार रकम पनि खुम्चिएको छ । यो सातामा ६ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ । गतसाता ६ अर्ब ६० करोड रुपैयाँको भएको थियो । जुन, यो साताको भन्दा ४० करोड रुपैयाँ बढी कारोबार हो ।

नेप्से परिसूचक र कारोबार रकम पनि खुम्चिएपछि नेप्सेको कूल पूँजीकरण पनि घटेको छ । नेप्सेका अनुसार यो साता मात्रै बजार पूँजीकरण १ खर्ब रुपैयाँले घटेको छ । गत साता २९ खर्ब १७ अर्ब रहेको बजार पूँजीकरण यो साता २८ अर्ब १० करोड रुपैयाँमा आइपुगेको छ ।

नेप्से परिसूचक उच्च अंकले घटेको साता कारोबारमा आएका सबै १३ वटै समूहमा गिरावट आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप