गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिवद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गेटा कलेजलाई प्रतिष्ठान बनाउने ऐन ल्याउने बताए ।
‘डडेल्धुरामा मेडिकल कलेज बनाउने भनेपछि कैलालीमा गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ’ उनले भने, ‘त्यसलाई प्रतिष्ठान बनाइनेछ । काठमाडौ गएलगत्तै प्रतिष्ठान ऐन ल्याई यसै वर्षदेखि सञ्चालनमा ल्याइन्छ ।’
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम क्रमिक रूपमा विकासमा अघि बढिरहेको समेत बताए। उनले भने, ‘म सानो छँदा धनगढी पुग्न तीन दिन लाग्थ्यो । अहिले पहाडका सबै मुकाममा सडक पुगेको छ । धनगढी पुग्न पनि धेरै समय लाग्दैन’, उनले भने– ‘काठमाडौ जान खोज्दा भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । अहिले २२ वटा पुल बनेका छन्, सडकबाटै काठमाडौ पुगिन्छ । नियमित विमान उडान भइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !