शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बेवास्तामा काठमाडौं उपत्यकाका पोखरीहरू (फोटोफिचर)

शनिबार, ०४ असार २०७९, १० : ०५
शनिबार, ०४ असार २०७९

आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो, काठमाडौं । भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ । काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन् । तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी ? र कहिले ? यो प्रश्न उठ्दै आइरहेको छ । 

हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण गर्छौं, कानुनका कुरा गर्छौं तर पालना गर्न त्यत्तिकै पछि छौँ । शहरमा शिक्षित मानिसको बसोवास रहेपनि नैतिकता भने कमै देखिन्छ । शिक्षित मानिस बसोवास गर्ने क्षेत्रमा नै सबैभन्दा बढी फोहोर र अव्यवस्थित देखिन्छ । जनचेतना भएपनि प्रयोगात्मक रुपमा कमजोर छन् शिक्षित शहरका मानिसहरु । 

यो हेर्न र प्रमाणित गर्न अन्त जानै पर्दैन, काठमाडौं उपत्यकामा रहेका केही पोखरीहरूको कन्तबिजोगले नै यो कुरा स्वतः प्रमाणित गर्छ । देशको संघीय राजधानी हो काठमाडौं । मल्लकालीन सभ्यता र कलाको नगरीकाे रुपमा परिचित काठमाडौं पहिचान बोकेको शहर हो । तर आज काठमाडौंको पहिचान, सुन्दर, हराभरा, व्यवस्थितको ठिक विपरित छ भन्दा फरक पर्दैन ।

काठमाडौं उपत्यकाको पोखरी तालतलैया र त्यहाँको दृश्य हेर्न सकिँदैन । करोडौं खर्च गरेर सिँगारिएको काठमाडौंको कमल पोखरी होस् वा राज्यस्तरबाट बेवास्तामा परेको चापागाँउको पल्स्वा पुखु, यी सबैको अवस्था उस्तै छ । खानेपानीको समेत हाहाकार रहेको काठमाडौंका पोखरीका पानी फोहोर हुनुलाई स्वभाविक नै मान्न सकिएला, तर पोखरीमा तैरिरहेका बोतल, प्लाष्टिक र कागजका टुक्राहरू अनि जीर्ण भइसकेको पोखरीको पुनःनिर्माण नहुनुले यो भव्य शहरका नागरिकहरुलाई गिज्याइरहेको स्पष्ट हुन्छ । पोखरी वरपर उत्तिकै झारपात उम्रेका छन् । कतिपय पोखरीको पर्खाल भत्केको छ अनि माटोको थुप्रोमा फोहोर डंगुर देख्न सकिन्छ ।

तस्बिरहरु : न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप