बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सुर्खेतमा ट्रक दुर्घटना, चालक र सह–चलाक ट्रक भित्र च्यापिए

शनिबार, ०४ असार २०७९, ०९ : १७
शनिबार, ०४ असार २०७९

दाङबाट जाजरकोटतर्फ जाँदै गरेको ट्रक सुर्खेतको गुर्भाकोटमा दुर्घटनामा परेको छ । गुर्भाकोट नगरपालिका–९ भालुखोला चौपारी डाँडा नजिक शनिबार बिहान पाँच बजेको समयमा ना ४ ख ९७ ६१ नम्बरको ट्रक दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक ५० मिटर तल सालको रूखमा ठोक्किएको छ । प्रहरीका अनुसार दाङ बोटेचौर सडक खण्डको मोडमा दाङबाट सरिया र सिमेन्ट लोडगरी जाजरकोटतर्फ जाँदै गरेको थियो ।  

साथै उक्त ट्रक चालक र सह–चलाक ट्रक भित्र च्यापिएकाे र  उद्धार कार्य भईरहेको प्रहरीको भनाइ रहेको छ ।  यद्यपि मृत्यु भएको पुष्टि भएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप