आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

शनिबार, ०४ असार २०७९, ०९ : १२
शनिबार, ०४ असार २०७९

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ  । शुक्रबार राती १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ ।

ठक्कर पछि घाइते ऐडीलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो । प्रहरीका अनुसार ऐडीलाई शुक्रबार साँझ १०ः४५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए ।  प्रहरीले मोटरसाइकल चालक  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का २४ वर्षीया हिक्मत मल्ललाई  नियन्त्रणमा लिएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप