एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने
शनिबार, ०४ असार २०७९, ०६ : ४४
![एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने](https://rpcdn.ratopati.com/media/albums/maila_circket_ER3GPw2vMq.jpg)
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा मैदानमा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।
कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आत्मविश्वासका साथ मैदान उत्रने छ ।
नेपाल १ खेलमा २ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । कुवेत १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी
-
खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग