सगरमाथाको आधार शिविर सार्ने तयारी
जलवायु परिवर्तनसँगै सगरमाथा आधार शिविरमा मानवीय गतिविधि बढ्दै जाँदा आधार शिविर मासिने क्रम बढेपछि आधार शिविर सार्ने तयारी भएको छ । पर्वतारोहण व्यवसायको दिगोपनका लागि हिमाली क्षेत्रमा देखिएको समस्याले सिङ्गो पर्यटकीय क्षेत्र नै धरापमा पर्ने अवस्था आएको भन्दै आधार शिविर सार्ने तयारी भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
जलवायु परिर्वतनसंँगै बढ्दो मानवीय गतिविधिका कारण हिमपहिरो आउने, हिमताल फुट्ने, हिमाली जैविक विविधता मासिने जस्ता कुरालाई दृष्टिगत गरी पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविर सार्ने तयारी भइरहेको छ ।पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायका अनुसार आधार शिविर सार्नेबारे सम्भावना र सुरक्षा चुनौतीलाई आधार मानेर प्रारम्भिक अध्ययनतर्फ सरकारले ध्यान दिएको छ ।
खुम्बु क्षेत्र समन्वय समितिले स्थलगत अध्ययन र अवलोकनपछि आधार शिविर सार्नेबारे पर्यटन विभागलाई सुझाएको छ । समितिले अबको दुई साता भित्र कति मिटर तल बेस क्याम्प सार्ने भन्नेबारे प्रतिवेदन बुझाउने तयारी गरेको छ । सोही प्रतिवेदनको आधारमा बाह्रैमास हिउँ नपर्ने ठाउँमा नयाँ आधार शिविर राख्ने सम्बन्धित सबै पक्षसँग परामर्श गरिने भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबारे निर्णय लिनुअघि उपेन्द्रले भेट देउवा र ओलीलाई
-
भविष्यको बारेमा प्रश्न सोधिएपछि रिसाए रोहित शर्मा
-
गोलभेँडादेखि आलु-प्याजसम्मको मूल्यसूची हेर्नुहोस्
-
करोड ९९ लाख लागतमा भारतीय दूतावासको सहयोगमा विद्यालय भवन बनाइने
-
प्रदर्शनकारीले बङ्गलादेशमा जलाए शेख हसीनाको पिताको घर
-
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा