बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनका एक पुरुषको पोर्चुगलमा निधन

शुक्रबार, ०३ असार २०७९, २३ : ०९
शुक्रबार, ०३ असार २०७९

वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो । 

सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिए । कामबाट आएलगत्तै पौडी खेल्न गएका उनी लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरु खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेको अधिकारीले बताए । सुवेदी तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो । 

मृतक सुवेदी ग्वारडास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । शर्माको श्रीमती र एक छोरी नेपालमा रहेका छन् । यसअघि पनि एक नेपालीको समुद्रमा डुबेर निधन भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप