बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

विदेश पठाइदिने भनी २१ लाख ४४ हजार ठगी गर्ने कार्की पक्राउ

शुक्रबार, ०३ असार २०७९, २३ : ०४
शुक्रबार, ०३ असार २०७९

विदेश पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु २१ लख ४४ हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कास्की पोखराकी २२ वर्षीय एक महिलालाई क्यानाडा पठाइदिन्छु भनी रु ११ लाख ७१ हजार तथा काठमाडौँ पेप्सीकोलाकी २८ वर्षीया अर्की महिलालाई अष्ट्रेलिया पठाइदिन्छु भनी रु नौ लाख ७५ हजार ठगी गर्ने बारा सिमराका ३२ वर्षीय रुपेश कार्कीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विदेशका विभिन्न देशमा आकर्षक जागिर लगाइदिन्छु भनी बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेकाले कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ कार्कीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को देहाय २४९ को कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए । उनले कार्कीबाट ठगीएका अरु व्यक्ति भए सम्पर्कमा आउन आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप