सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित : युनिसेफ

शुक्रबार, ०३ असार २०७९, २१ : ४०
शुक्रबार, ०३ असार २०७९

विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरूको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । 

यो सङ्ख्या गत बर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् । विषेश गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ । “दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालबालिकाहरू विस्थापित भएको अहिले पहिलो पटक हो,” युनिसेफद्वारा जारी वक्तव्यमा लेखिएको छ । 

अघिल्लो बर्षको तुलनामा विस्थापितको सङ्ख्या २२ लाख बढी देखिएको छ । विषेश गरेर हिंसात्मक घटनाहरूका कारण बालबालिकाहरु धेरै विस्थापित भएको प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तन र वातावरणीय समस्या पनि बालबालिका विस्थापित हुनुको अर्को मुख्य कारण भएको जनाइएको छ । जलवायु परिवर्तन र वातावरणीय समस्याका कारण बाढी पहिरो आउने र त्यसका कारण उनीहरू विस्थापित हुनुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी रूस-यूक्रेन युद्धको असर विश्वभरी परेको र त्यसको असर बालबालिकाहरूमा परेको पनि युनिसेफले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप