आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

जनमत र नागरिक उन्मुक्ति पार्टी आगामी निर्वाचनमा मिलेर जाने

शुक्रबार, ०३ असार २०७९, २० : ५८
शुक्रबार, ०३ असार २०७९

जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र   रेशम चौधरीबीच भेटवार्ता भएको छ । उनीहरुबीच डिल्लीबजारस्थित कारागारमा भेटवार्ता भएको जनमत पार्टीका महासचिव चन्दन सिंहले जनाएका छन् ।  

भेटमा उनीहरुबीच आगामी चुनावमा मिलेर जाने विषयमा सहमति भएको  सिंहले जनाए । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी आगामी चुनावमा मिलेर गठबन्धन तयारीमा रहेको जनाइएको छ ।

सिंहले दुई नेताबीचको भेटपछि लेखेका छन् ,‘२०७९ आषाढ २ गते विहिबार काठमाडौंको डिल्लीबजार कारागारमा जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउत र मा. श्री रेशम चौधरीसँग भेटघाट भई जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी मिलेर गठबन्धन गरी अगाडि बढ्नु पर्ने कुरामा दुवै पक्ष सकारात्मक रहेको। पुराना पार्टीहरूले पटक–पटक सम्झौता, वार्ता र आश्वासनका नाममा आन्दोलनकारी शक्तिहरूसँग पटक-पटक धोखा मात्रै दिएको धारणा।’  

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा चुनाव लडेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप