ओलीसँग भेटपछि के भन्छन् गृहमन्त्री खाण ?

प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले भेट गरेका छन् । अध्यक्ष ओलीको निवास भक्तपुर बालकोटमा भएको भेटमा नागरिकता विधेयक चालू संसद्मा दलीय सहमतिमा अगाडि बढाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले बताए ।
‘नागरिकता विधेयक सदनमा अगाडि बढाउने र दलीय सहमतिमा पास गर्ने प्रयासस्वरुप म र कानुन मन्त्री प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका थियौँ । कुराकानी सकारात्मक भएको छ,’ गृहमन्त्री खाणले भने । गृहमन्त्री खाणका अनुसार ओलीले नागरिकता विधेयक, नागरिकता सम्बन्धि अध्यादेश लगायतका विषयमा अध्ययन गर्न आवश्यक रहेको बताए । नागरिकता विधेयक अगाडि बढाउने कुरामा एमाले तयार रहको ओलीले बताएका थिए ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गरेर पास गर्ने तयारी गरिरहेको छ । त्यसकै लागि गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले एमाले अध्यक्ष ओलीलाई भेट गरेका हुन् । गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गरे । उनीहरूले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयक सदनमा दलीय सहमतिमा पेस गर्न सहमति जुटाउन भेटेका थिए ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगीकृत नागरिकतालगायतका दलहरूबीच सहमति जुट्न सकेको छैन ।
यसका लागि संसदमा प्रतिनिधित्व भएका सबै दलसँग निरन्तर गरिरहेको उनले रातोपाटीलाई बताए । नागरिकता विधेयकका सन्दर्भमा गठबन्धनका दलभित्र पनि घनिभूत छलफल भइरहेको खाणले बताए । उनले भने, ‘राष्ट्रिय सहमतिका लागि छलफल भइरहेको छ । सहमति हुनासाथ नागरिकता विधेयक अगाडि बढ्छ । नागरिकता विधेयक अगाडि तयारीमा छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी नीतिले समस्यामा बाँसजन्य स्वदेशी उद्योग, के चाहन्छन् उद्योगी ?
-
आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री
-
लाराले भने, ‘विराटले अहिले नै टेस्ट क्रिकेटबाट संन्यास लिन हुँदैन’
-
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
-
किन गरिँदैछ सलमानलाई बहिष्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश