बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पर्यटन मन्त्री आलेमाथि छानविन हुनुपर्छ : कानुन मन्त्री शर्मा

शुक्रबार, ०३ असार २०७९, २० : ०३
शुक्रबार, ०३ असार २०७९

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताए ।

उनले सहमती जुटेका कानुनहरु अगाडि बढाउने बताए । संसदमा अहिले ५३ वटा विधेयकहरु रहेको र ८ वटा अध्यादेशहरुको प्रतिस्थापन विधेयक ल्याइएको पनि उनले जानकारी दिए ।  मन्त्री शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीमाथि गाली गलौज र हातपात गरेको समाचार बाहिरिएको सम्बन्धमा छानविन हुनुपर्ने बताए । उनले गल्ती गर्नेहरु कानुनी दायरामा आउनुपर्ने बताए ।   

त्यस्तै, नेकपा(एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले मन्त्री आलेको गाली गलौज प्रकरणमा पार्टीको ध्यान गएको बताए  । उनले पार्टीले यस विषयमा छानविन गर्ने पनि बताए । नेकपा(एमाले)का सांसद शेरबहादुर तामाङलेले मन्त्री जस्तो व्यक्तिले उश्रृङ्खल शब्द प्रयोग गर्नु गलत भएको बताए । उनले कार्यकारी जिम्मेवारीमा रहने व्यक्तिले यस्तो शब्द र व्यवहारहरु प्रयोग गरे समाजलाई सहि गति दिन नसकिने बताए । उनले अनुसन्धानबाट कानुन विपरितको काम ठहरिए कानुन बमोजिम हुने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप