प्रधानमन्त्री देउवालाई धनगढीका मेयर हमालले भेटे
शुक्रबार, ०३ असार २०७९, १९ : ३२
प्रधानमन्त्री शेरबहादुर देउवालाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भेटेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर धनगढी पुगेका प्रधानमन्त्री देउवालाई मेयर हमालले भेटेका हुन्।
भेटमा मेयर हमालले प्रधानमन्त्री देउवालाई धनगढीका विभिन्न समस्याको समाधानका लागि लिखित रुपमै माग गरेका छन्। ‘धनगढी डुबानको समस्या समाधानका लागि संघीय सरकारबाट बजेट विनियोजन गरिदिन माग गरेको छु,’ मेयर हमालले भने, ‘धनगढीको मुख्य सडकअन्तर्गत कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडक निर्माणका लागि पनि बजेट माग गरेको छु।’
भेटमा प्रधानमन्त्री देउवाले धनगढीका मेयर हमालले राखेका माग सम्बोधनका लागि संघीय सरकार पूर्णरुपमा सहयोग गर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
-
राजधानीमा भएको आगलागीको घटनामा धनमाल जलेर नष्ट
-
भूकम्पबाट सङ्खुवासभामा एक घर भत्कियो
-
अम्बे कोशी सहकारी ‘समस्याग्रस्त’ घोषित, १३ हजार बचतकर्ताको ६१ करोड हिनामिना
-
खेलकुदमन्त्रीको गुनासो : खेलकुद संघहरूले देशको ऐन कानुन मानेनन्