एसपीपी विवाद : ओठे जवाफ नदिन पुष्पा भुसाललाई ईश्वर पोखरेलको चेतावनी
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाललाई तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले काँग्रेस सचेतक भुसालले लगाएको आरोपप्रति खण्डन गर्दै तिम्रै पालोमा एसपीपी सम्झौता भएको हो भनेर ओठे जवाफ नगर्न चेतावनी दिएका हुन् ।
उनले आफ्नो पालोमा प्रधानन्यायाधीशसहितका मन्त्रालयगत पदाधिकारीहरूको कार्यदल गठन गरेर नेपाललाई सैन्य सम्झौता सम्बन्धी मुद्दा स्वीकार्य नहुने स्पष्ट पारेको भन्दै ओठे जवाफको कुनै अर्थ नरहेको बताए । समितिको बैठकमै काँग्रेस सचेतक भुसालले चिठी पूर्व रक्षामन्त्री ईश्वर पोखरेलकै पालमा पठाइएको आरोप लगाएकी थिइन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले यो विषय धेरै गम्भीर भएको भन्दै सकियो भनेर टार्न नमिल्ने बताए । यसबारेमा छुट्टै छानबिन समिति बनाउन पनि उनले ध्यानाकर्षण गराए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले अमेरिकालाई सेनाले पठाएको पत्र माहातले मिति लेखेको भन्दै आपत्ति जनाए । सबै अक्षर प्रिन्टेड भए पनि मिति हातले लेखेकाले आशंका उब्जाएको बताए । पोखरेलको प्रश्नको जवाफमा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा हस्ताक्षर कर्ता त्यही दिन उपस्थित हुने÷नहुने कुरा स्पष्ट नहुने भएकोले नबिग्रियोस् भन्ने हेतुले मिति पछि लेख्ने गरेको पनि स्पष्ट पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण