दुई दिने प्रशिक्षणपछि एमाले प्रतिनिधि भन्छन्–अपेक्षाभन्दा बढी पायौँ (भिडियोसहित)
नेकपा एमालेले बिहीबार र शुक्रबारका पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रममा देशभरबाट एमालेका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
विशेष गरेर पार्टीबाट टिकट पाएर प्रतिनिधि भइसकेपछि जनताका काम गर्दैगर्दा पार्टीको घोषणा पत्र र जनताका आवश्यकता पूरा गर्नुपर्ने र त्यसका लागि पार्टीको प्रशिक्षण निकै महत्वपूर्ण भएको प्रतिनिधिहरूले बताएका छन् । उनीहरुले अपेक्षा भन्दा बढी कुरा प्रशिक्षणबाट पाएको र त्यसलाई व्यवहारमा उतार्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
नवनिर्वाचित भएर जनतासँग काम गर्न जाँदा कसरी जाने, नीतिगत विषय, कानूनी पक्ष र बजेटको प्राथमिकीकरण र बजेट तर्जुमाका विषयमा पार्टीले दिएको प्रशिक्षण निकै महत्त्वपूर्ण रहेको जनप्रतिनिधिहरूको भनाइ छ । यस विषयमा रातोपाटीसँग कुरा गर्दै एमाले नेतृ कोमल वलीले पनि जनप्रतिनिधिहरू दुई दिने प्रशिक्षणबाट सन्तुष्टि भएको र जनताका लागि काम गर्ने संकल्पसहित सभागृहको हलबाट निस्किएको बताइन् ।
नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले दुई दिने प्रशिक्षण कार्यक्रमबाट के पाए र केन्द्रबाट उनीहरू के लिएर स्थानीय तहमा फर्कँदै छन् त ? हेरौं यसै सन्दर्भमा तयार यो भिडियो रिपोर्ट–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
