दुई दिने प्रशिक्षणपछि एमाले प्रतिनिधि भन्छन्–अपेक्षाभन्दा बढी पायौँ (भिडियोसहित)

नेकपा एमालेले बिहीबार र शुक्रबारका पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रममा देशभरबाट एमालेका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
विशेष गरेर पार्टीबाट टिकट पाएर प्रतिनिधि भइसकेपछि जनताका काम गर्दैगर्दा पार्टीको घोषणा पत्र र जनताका आवश्यकता पूरा गर्नुपर्ने र त्यसका लागि पार्टीको प्रशिक्षण निकै महत्वपूर्ण भएको प्रतिनिधिहरूले बताएका छन् । उनीहरुले अपेक्षा भन्दा बढी कुरा प्रशिक्षणबाट पाएको र त्यसलाई व्यवहारमा उतार्न प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
नवनिर्वाचित भएर जनतासँग काम गर्न जाँदा कसरी जाने, नीतिगत विषय, कानूनी पक्ष र बजेटको प्राथमिकीकरण र बजेट तर्जुमाका विषयमा पार्टीले दिएको प्रशिक्षण निकै महत्त्वपूर्ण रहेको जनप्रतिनिधिहरूको भनाइ छ । यस विषयमा रातोपाटीसँग कुरा गर्दै एमाले नेतृ कोमल वलीले पनि जनप्रतिनिधिहरू दुई दिने प्रशिक्षणबाट सन्तुष्टि भएको र जनताका लागि काम गर्ने संकल्पसहित सभागृहको हलबाट निस्किएको बताइन् ।
नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले दुई दिने प्रशिक्षण कार्यक्रमबाट के पाए र केन्द्रबाट उनीहरू के लिएर स्थानीय तहमा फर्कँदै छन् त ? हेरौं यसै सन्दर्भमा तयार यो भिडियो रिपोर्ट–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
-
भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव
-
दुई सातापछि पक्राउ परे दुर्गा प्रसाईँ, १२ दिन हिरासत राख्न अनुमति
-
तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन