ओली भेट्न गृहमन्त्री र कानुनमन्त्री बालकोटमा
शुक्रबार, ०३ असार २०७९, ११ : ००
गृहमन्त्री बालकृष्ण खाण र कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । शुक्रबार अपरान्ह गृहमन्त्री र कानुन मन्त्री ओली निवास बालकोट पुगेका हुन् ।
गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसीका अनुसार नागरिकता विधेयकबारे छलफल गर्न दुई मन्त्री ओली भेट्न गएका हुन् । सरकारको नागरिकता विधेयक अघि बढाउने तयारी छ । त्यसका लागि दलीय सहमति जुटाउन सरकारका मन्त्रीले प्रमुख विपक्षी दललाई विश्वासमा लिने प्रयासमा लागेको बुझिएको छ ।
पछिल्लो समय गृहमन्त्री खाणलगायतका मन्त्रीहरुले नागरिकता विधेयकबारे छलफल तीव्र बनाएका छन् । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण