मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

उद्योग परिसंघले उर्जा प्रवर्द्धनका लागि दक्ष केन्द्रसँग सहकार्य गर्ने

शुक्रबार, ०३ असार २०७९, १५ : ००
शुक्रबार, ०३ असार २०७९

नेपाल उद्योग परिसंघले मुलुकको उर्जा क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनका लागि राष्ट्रिय ऊर्जा दक्ष केन्द्रसँग सहकार्य गर्ने भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच परिसंघले उर्जा दक्ष केन्द्रसँग सहकार्यको सम्झौता गरेको हो । 

सम्झौतापत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका छन् । यी दुई संस्थाबीचको समझदारी अनुसार उद्योगहरूमा उर्जा दक्षतासँगै उर्जा परीक्षणको जागरूकता बढाउन दुवै संस्थाले उर्जा परीक्षण, क्षमता विकासका तथा अभिवृद्धिका गतिविधिमा साझेदारी गर्ने बताइएको छ । 

परिसंघले सन् २०१९ देखि उद्योगहरूमा उर्जा दक्षता प्रवद्र्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सिर्जना गर्ने, बढ्दो उर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित उर्जा र उर्जा दक्षता क्षेत्रमा काम गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप