निःशुल्क शिक्षा र दिवा खाजाले पनि तान्न सकेन गरिव समुदायका विद्यार्थीलाई
दाङको घोराही उपमहानगरपालिका–११, नयाँबस्तीमा अवस्थित बालकल्यण आधारभूत विद्यालय यतिबेला विद्यार्थी अभावमा संकटमा परेको छ । विपन्न समुदायको बसोबास रहेको क्षेत्रमा रहेको सो विद्यालयमा विद्यार्थीहरु अध्ययनको तुलनामा श्रमलाई प्राथमिकता दिन बाध्य छन् ।
सुकुम्वासी वस्तीको बीचमा रहेको विद्यालयमा भर्ना भएका कयौं विद्यार्थी आफ्नो परिवारको गुजाराका लागि श्रम गर्न बाध्य छन् । स्थानीय खुमलाल गन्धर्वले गरिबीको चपेटामा परेका कारण विद्यालय जाने उमेरका कयौं बालबालिका श्रममा जोतिनु परेको बताए ।
‘धेरै पढ्न त त्यस्तै हो, दुईचार अक्षर लेख्न र पढ्न जान्ने हुन्छन् कि भन्ने आश हो,’ उनले भने, ‘तर काम नगरी खान पुग्दैन, हाम्रा केटाकेटीले पनि अक्षर चिन्न नपाउने भए ।’ विद्यालयका प्रधानाध्यापक टेकबहादुर डाँगीले मजदुरीका लागि मुग्लान पसेकाहरु असारमा घर फर्किने गरेको, साउनमा विद्यालयमा नाम लेखाउने र दसैँतिहार मानेर फेरि गाउँ छाड्ने गरेको सुनाए । ‘विद्यालय, बस्ती र विद्यार्थीको यो सधैँकोे बाध्यता हो,’ उनले भने ।
आवश्यक पूर्वाधार सहित शिक्षक शिक्षिकाको समेत बन्दोबस्त हुँदा पनि विद्यार्थी अभावका कारण विद्यालयको अवस्था खस्किँदै गइरहेको उनी बताउँछन् । अहिले करिव ४० जना विद्यार्थी भर्ना भएको उनले जानकारी दिए । तीमध्ये आधाजसोमात्रै नियमित विद्यालयमा उपस्थित हुने गरेको उनी सुनाउँछन् ।
पछिल्लो समय रोजगारका लागि सहर पसेका स्थानीयवासीहरु गाउँ फर्किन सुरु गरेकाले विद्यालयमा विद्यार्थी संख्या पनि बढ्दै गइरहेको उनले बताए ।
६ महिना विद्यालय, ६ महिना काम
‘बस्तीमा कोहीकोही असाध्यै गरिब पनि छैनन् । कोही जागिरे पनि छन् । तर अधिकांशको अवस्था नाजुक नै छ,’ प्रधानाध्यापक डाँगीले भने, ‘बस्तीका बालबालिका लक्षित गर्दै २०५१ सालमा विद्यालय खुल्यो तर गरिबीले धेरैलाई विद्यालयमा नभई कामका लागि मुग्लान पु¥यायो । गरिब समुदायका विद्यार्थीहरु ६ महिना विद्यालय र ६ महिना कामका लागि मुग्लान जाने गरेका छन् ।’
सामुदायिक विद्यालयप्रति समुदायको चासो र उत्साह बढाउन राज्यले निःशुल्क शिक्षा तथा दिवा खाजा कार्यक्रम थालनी गरे पनि घर व्यवहारको अप्ठ्यारो वा सामुदायिक शिक्षाप्रतिको निराशाका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गइरहेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण