बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बीस मिनेट भैरहवामा बसेका प्रधानमन्त्री देउवाले क-कसलाई भेटे ?

शुक्रबार, ०३ असार २०७९, १७ : ४१
शुक्रबार, ०३ असार २०७९

शुक्रबार काठमाडौँबाट धनगढीका लागि उडेको प्रधानमन्त्री शेरबहादुर देउवा सवार  हेलिकप्टर इन्धन सकिएपछि भैरहवामा अवतरण गरेको छ । हेलिकप्टर एक्कासि अवतरण गरेपछि प्रधानमन्त्री देउवाले करिब २० मिनेट भैरहवामा बिताए । नेपाली सेनाको हेलिकप्टर इन्धन भर्नका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्दा देउवाले पार्टीका केन्द्रीय सदस्यदेखि नगर सभापति सम्मलाई भेट्न भ्याए । 

हेलिकप्टरमा देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए ।  भैरहवामा रहँदा प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, काँग्रेस रुपन्देहीका सभापति एवम् तिलोत्तमा मेयर रामकृष्ण खाँण, सिद्धार्थ नगरका सभापति इस्तियाक खान, क्षेत्रीय सभापति सुशील गुरुङ लगायतलाई भेटेको काँग्रेस जिल्ला सदस्य कमला पाण्डेयले रातोपाटीलाई जानकारी दिइन् । भेटघाटमा पार्टीका विषयमा सामान्य छलफल भएको थियो । 

प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी प्रस्थान गरेको विमानस्थलले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप