बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

इजरायली सेनाको आक्रमणमा तीन प्यालेस्टाइनीको मृत्यु

शुक्रबार, ०३ असार २०७९, १७ : ३२
शुक्रबार, ०३ असार २०७९

कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टाइनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १० जना घाइते भएका छन् ।
प्यालेस्टाइनी समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाले उनीहरू यात्रा गरिरहेको एउटा गाडीमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो ।

एएफपीका एक फोटोग्राफरले बुलेट प्वालले भरिएको सेतो गाडी उक्त क्षेत्रमा रहेको बताएका छन्  जहाँ इजरायली सेनाले हालैका महिनाहरूमा कारबाही बढाएको छ। फोटोग्राफरले जेनिनको शवगृहमा तीन जनाको शव देखेको बताए । उनीहरुको पहिचान जेनिनका २३ वर्षीय युसेफ सलाह, २४ वर्षीय बारा लहलुह र २४ वर्षीय लैथ अबु सरुर रहेको बताइएको छ ।

जेनिनमा दुई फरक स्थानमा हतियार खोज्नको लागि अभियान चलाएको इजरायली सेनाले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप