बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सीसी क्यामेरा किन्दा स्कुटी, ल्यापटपदेखि वासिङ मेसिनसम्म उपहार

शुक्रबार, ०३ असार २०७९, १७ : ३०
शुक्रबार, ०३ असार २०७९

विश्व प्रसिद्ध दाहुवा ब्रान्डको सीसी क्यामेरा खरिद गर्दा उपहार पाइने भएको छ । नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्टले उपभोक्ताहरुको लागि स्क्र्याच कार्ड मार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको हो ।  

कम्तिमा तिस हजार बराबरको सीसी क्यामेरा लगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्ड मार्फत उपहार प्रदान गर्ने यो योजना ल्याइएको हो । यस योजनामा ग्राहकले उपहारमा ई–स्कुटर, टेलिभिजन, वासिङ्ग मेशिन, फ्रिज, इन्डक्सन चुल्हो, मिक्सर,ग्राईन्डर, स्मार्ट मोबाइलदेखि हात खाली नजाने १०००, ७५० र ५०० रुपैयाँ नगद उपहार समेत प्राप्त गर्न सक्नेछन् ।
यसका साथै नेपालभरिका कम्पनीका आधिकारीक डिलरहरुलाई समेत उनीहरुका बिक्रीका आधारमा थुप्रै योजनाहरु अघि सारेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपहारसँगै बिध म्यानेजमेन्टले घर, टोल तथा

अफिसमा जडान गर्न सकिने गरि सर्वसुलभ दरमा सीसी टीभीको प्याकेज समेत घोषणा गरेको छ । यसको सुरुवाती मूल्य २५ हजार रुपैयाँ कायम गरेको छ । 
बिध म्यानेजमेन्टले ७७ वटै जिल्लाबाट बिक्रेताहरूलाई आधिकारिक डिलर बन्नका लागि आह्वान समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप