शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काभ्रेपलाञ्चोकमा गाडी र मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

शुक्रबार, ०३ असार २०७९, १७ : १४
शुक्रबार, ०३ असार २०७९

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० चाखोलामा बा.४ ख ४८८८ नम्बरको आईचर गाडी र प्रदेश ३–०२–००८ प ६४२४ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  शुक्रबार दिउँसो भएको दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका बस्ने २५ वर्षीय मनिष खड्का रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आईचर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप