आमरण अनसनमा बसेकी निहारिका करिश्माको घरमा

करिश्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई आफ्नो घरमा लगेकी छन् । निहारिकासँग घरको छतमा खिचिएको एक तस्बिर सार्वजनिक गर्दै उनले निहारिकालाई घरमा लगेको जानकारी दिएकी हुन् ।
‘ धेरैले लेखेर मलाई ट्याग गर्नुभएको रहेछ कि निहारिकालाई तपाईंको दया होइन न्याय चाहिएको हो’ करिश्माले तस्बिरका साथ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सहि कुरा हो । तर तपाई हाम्रो साथ पाइनन् भने उनले न्याय कसरी पाउलिन् ?’
‘१९ वर्षीय किशोरीले जुन हिम्मत देखाएर न्यायको निम्ति लड्दै छिन् उनी आफैमा शक्तिशाली छिन् । तर यो अवस्थामा उनलाई मानसिक र आर्थिक दुबै सपोर्टको आवश्यकता छ’ करिश्मा थप्छिन् । करिश्माले सबै कुरो सकारात्मक कोणबाट हेर्न समेत अनुरोध गरेकी छन् ।
करिश्माले बिहीबार सामाजिक सञ्जालमार्फत निहारिकालाई छोरीको रुपमा आफूले पाल्ने बताउँदै बच्चा लिएर घरमा आउन भनेकी थिइन् । ‘मेरो एउटा छोरी थियो । तिमी भयौं भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु’ उनले सामाजिक सञ्जालमा आग्रह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते