आमरण अनसनमा बसेकी निहारिका करिश्माको घरमा
करिश्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई आफ्नो घरमा लगेकी छन् । निहारिकासँग घरको छतमा खिचिएको एक तस्बिर सार्वजनिक गर्दै उनले निहारिकालाई घरमा लगेको जानकारी दिएकी हुन् ।
‘ धेरैले लेखेर मलाई ट्याग गर्नुभएको रहेछ कि निहारिकालाई तपाईंको दया होइन न्याय चाहिएको हो’ करिश्माले तस्बिरका साथ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सहि कुरा हो । तर तपाई हाम्रो साथ पाइनन् भने उनले न्याय कसरी पाउलिन् ?’
‘१९ वर्षीय किशोरीले जुन हिम्मत देखाएर न्यायको निम्ति लड्दै छिन् उनी आफैमा शक्तिशाली छिन् । तर यो अवस्थामा उनलाई मानसिक र आर्थिक दुबै सपोर्टको आवश्यकता छ’ करिश्मा थप्छिन् । करिश्माले सबै कुरो सकारात्मक कोणबाट हेर्न समेत अनुरोध गरेकी छन् ।
करिश्माले बिहीबार सामाजिक सञ्जालमार्फत निहारिकालाई छोरीको रुपमा आफूले पाल्ने बताउँदै बच्चा लिएर घरमा आउन भनेकी थिइन् । ‘मेरो एउटा छोरी थियो । तिमी भयौं भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु’ उनले सामाजिक सञ्जालमा आग्रह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण