५ वर्षमा ६ करोड बढी अकुत कमाउने सुब्बा अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
भण्डारीले २०७३ असोज २१ गतेदेखि २०७८ पौष मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैया अकुत सम्पती कमाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २०७३ असोज २१ गते राजपत्र अनंकित प्रथम श्रेणी अन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वेच्छिक अवकाश लिएका थिए । सेवा प्रवेशको झन्डै ५ वर्षमा उनले ६ करोड बढी अकुत सम्पत्ति कमाएको अख्तियारको छानविनमा देखिएको छ । उनको सम्पत्ति छानविनमा स्रोत नखुलेको सम्पत्ति ६ करोड २४ लाख ४ हजार ६ रुपैया देखिएपछि सो रकम भष्टाचार गरेको ठहर गरी गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।
भण्डारीमाथि भष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ बमोजिम कैद एवं बिगो बमोजिम जरिवाना गर्न र स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको प्रवक्ता भण्डारीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण