एसपीपी सम्झौताबारे अध्ययन गर्न संसदीय समितिले माग्यो कागजपत्र
प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी ‘स्टेट पार्टनरसीप प्रोगाम’का लागि गरिएका पत्राचारका कागजातहरु मागेको छ । शुक्रबार सिंहदरबारमा बसेको परराष्ट्रमन्त्री, प्रधानसेनापति लगायतलाई डाकेर गरिएको छलफलपछि ‘एसपीपी’ बारे अध्ययनका लागि विगतदेखिको पत्राचारका कागजात मागिएको हो ।
समिति सभापति पवित्रा निरौला खरेलले सरकार तथा नेपाली सेनाबाट भएका पत्राचार समितिलाई उपलब्ध गराउन निर्देशन दिएकी हुन् । छलफलमा ईश्वर पोखरेल, भीम रावल लगायतका सांसदहरुले एसपीपीबारे संसदीय छानविन गर्न माग गरेका थिए ।
साथै प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण र एजेण्डाबारे जानकारी गराउनका लागि असार ५ गते प्रधानमन्त्री देउवालाई समितिको बैठकमा आमन्त्रण गरिएको जानकारी गराइन् । उनले प्रधानमन्त्री देउवालाई स्पष्टिकरण लिनका लागि बोलाउने नभई प्रधानमन्त्रीको धारणा लिएर प्रष्ट हुनका लागि बोलाइएको बताइन् । उनले हरेक सरकार परिवर्तनसँगै नेपालको परराष्ट्रनीति फेरिन नहुने बताइन् । उनले भारत र चीन नेपालको छिमेकी राष्ट्र रहेकोले सबैसँग समान कुटनीतिक सम्बन्ध कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
उनले नेपालको परराष्ट्र नीतिको बारेमा अध्ययन गर्न संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिले उपसमिति बनाएको र त्यसले काम गरिरहेको पनि जानकारी गराइन् । उनले सरकारलाई परराष्ट्र नीतिको बारेमा उपयुक्त सल्लाह सुझाव दिने प्रयास गरेको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण