प्रधानमन्त्री देउवाद्वारा जनप्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सदैव जनताका पक्षमा समर्पित भई कामकाज गर्न आग्रह गरेका हुन् ।
जनता रहे मात्र राजनीतिक पार्टी रहने बताउँदै प्रधानमन्त्री देउवाले जिल्लास्थित निर्वाचन क्षेत्र र पालिकाहरुमा सुशासन कायम गरी जनभावनाअनुसार काम जनप्रतिनिधिसँग अनुरोध गरे । कार्यक्रममा पूर्वमन्त्रीद्वय रमेश लेखक र एनपी साउदसहित कञ्चनपुर जिल्लाबाट निर्वाचित नौवटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो । आजै प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला भलिबल टोली घोषणा
-
नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने
-
एमालेले समर्थन फिर्ता लिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री नियुक्त गर्न मिल्छ कि मिल्दैन ?
-
प्रचण्डलाई ओलीको पत्र : राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनैतिक स्थायित्व प्रदान गर्न समर्थन फिर्ता लिइयो
-
पूर्वसांसद इच्छाराज तामाङविरुद्ध दोस्रो मुद्दा दर्ता
-
आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ