पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि
पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । यो बीचमा करिब २९ प्रतिशत मूल्यवृद्धि भएको छ ।
पछिल्लो पटक अर्थमन्त्री मिफ्ता इस्माइलले बुधबार मूल्यवृद्धि भएको घोषणा गरेका हुन् । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढेको उनको भनाइ छ । उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि बढाउनुको विकल्प नरहेको बताए ।
उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए । गत २६ मे मा १४४.१५ पाकिस्तानी रुपैयाँ रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत वृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैयाँ पुगेको उनले जानकारी दिए ।
त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैयाँमा पुगेको छ । त्यसैगरी मट्टितेलको मूल्य २६ मेमा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.४३ पाकिस्तानी रूपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा