शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सालारमा दुई प्रभास

शुक्रबार, ०३ असार २०७९, १५ : २६
शुक्रबार, ०३ असार २०७९

अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् ।

हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको खुलासा भएको छ ।

फिल्मको कथा दुई अलग-अलग समयमा आधारित रहेकाले प्रभासलाई ती दुवै समयमा देखाइनेछ । फिल्म ‘बाहुबली’मा पनि प्रभासलाई एक भागमा पिता अमरेन्द्र बाहुबली र दोस्रो भागमा छोरा महेन्द्र बाहुबलीको भूमिकामा देखाइएको थियो ।

एक्सन थ्रिलर फिल्म ‘सालार’मा प्रभासको अपोजिटमा श्रुति हासन देखिँदैछिन् । फिल्ममा उनले प्रभासकी प्रेमिका रुचिको भूमिका निभाउनेछिन् । फिल्म सन् २०२३ सम्म रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप