प्रतिनिधिसभामा तीन विधेयक पेश
शुक्रबार, ०३ असार २०७९, १४ : ५४
प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे ।
त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री खाणले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरे । प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे