सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

शुक्रबार, ०३ असार २०७९, १४ : ४५
शुक्रबार, ०३ असार २०७९

नेकपा(एमाले)का सांसद योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनसुनको समयमा बाढी, पहिरो र डुबानको घटनाहरु घट्ने भएकाले यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले गृह मन्त्रालय अन्र्तगतको विपद् व्यवस्थापन गर्ने निकायलाई क्रियाशिल अवस्थामा राख्न र मौसम पूर्वानुमान गर्ने निकायहरुले पनि मौसम पूर्वानुमान गरी जोखिमपूर्ण बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले गएराति ताप्लेजुङ जिल्लामा वर्षाको कारण धनजनको क्षति भएकोले सरकारसँग क्षतिपूर्तिको माग समेत गरे ।  

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद एकवाल मियाले गत वैशाख २९ गते बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ६ निवासी राकेशभक्त पौडेलको हत्या सम्बन्धमा छानविन गर्न उच्चस्तरीय छानविन आयोगको गठन गर्न माग गरे । उनले सत्यतथ्य उजागर गरी अपराधीहरूलाई हदैसम्मको सजाय र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनु पर्ने बताए । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुरका भुकम्प पीडितले पाउनुपर्ने अनुदानको दोस्रो र तेस्रो किस्ता नपाएको बताए । उनले किस्ता रोकिएको सम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।  

नेकपा(एमाले)का सांसद कृष्णभक्त पोखरेलले ललितपुर इमाडोलका सुशिल चटौतले आफ्नो घरमा राखिएकी १३ वर्षिया बालिकालाई बलात्कार गरेको प्रकरणको मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ताको कार्यालयबाट सरकारी वकिललाई दबाब आएको बताए । उनले दबाब नमान्ने सरकारी वकिललाई सरुवा गरिएकोप्रति आपत्ति प्रकट गर्दै यस विषयमा गम्भिर छानविन गर्नुपर्ने माग गरे । उनले महिलामाथिको शोषण, दमन र विभेद बढिरहेको बताए । महिलाहरूमाथि यौनजन्य हिंसाहरु बढिरहेको उल्लेख गर्दै उनले प्रभावकारी अनुसन्धान हुन नसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप